युरोपको उत्कृष्ट खेलाडीको उपाधी रोनाल्डोलार्इ

काठमाडौं, भदौ १३ – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । बायर्न म्युनिखका म्यानुयल नुयर र आयर्न रोबेनलाई पछि पार्दै उनले सो उपाधि हात पारेका हुन् । २९ वर्षीय स्ट्राइकरले गत सिजन १७ गोल गर्दै रियललाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।


 उनले गत सिजन म्याड्रिडका लागि ५१ गोल गरेका थिए । म मेरो सहकर्मीहरुलाई धन्यवाद दिन चाहन्छु किनभने उनीहरुको सहयोग बिना यो अवार्ड म जित्न सक्दिनथे, अवार्ड लिँदै रोनाल्डोले भने । ५४ पत्रकारको प्यानलले रोनाल्डोलाई युरोपको सर्वोत्कृष्ट खेलाडी छनौट गरेको हो ।

रोनाल्डोले यसअघि फिफा वर्ष खेलाडीको उपाधि पनि जितेका थिए । त्यस्तै उत्कृष्ट १० मा पर्ने अन्य खेलाडीमा थोमस मुलर (बायर्न म्युनिख), फिलिप लाह्म (बायर्न म्युनिख), लियोनेल मेस्सी (बार्सिलोना), हेम्स रोड्रिगेज (रियल म्याड्रिड), लुइस सुवारेज (लिभरपुल हाल बार्सिलोना), एंखल डि मारिया (रियल म्याड्डि हाल म्यान्चेस्टर युनाइटेड) र डिएगो कोस्टा (एथ्लेटिको म्याड्रिड हाल चेल्सी) रहेका छन् ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस