एन्फा कप फुटबलको उपाधि झापा ११ लाई, संकटा ४-० ले पराजित

२५ भदौ, काठमाडौं । एन्फा कप फुटबलको उपाधि झापा ११ ले जितेको छ । बुधबार भएको फाइनल भिडन्तमा १० खेलाडीमा सिमित संकटा क्लबलाई ४-० ले पराजित झापाले १० लाख हात पारेको छ । शंकटाले ५ लाखमा चित्त बुझाएको छ ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रका खेलाडीहरुको बाहुल्यता लिएको ४३ औं मिनेटमा नागेन्द्र लिम्बुको गोलबाट अग्रता लिएको थियो । यसअघि १५ औं मिनेटमा संकटाका उत्तम गुरुङको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । यस् २४ औं मिनेटमा संकटाका सुमन लामाको प्रहार बारमा लागेर फर्कियो ।

दोस्रो हाफको ५३ औं मिनेटमा डिफेण्डर सुरज थिङ रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि संकटा १० खेलाडीमा सिमित भयो ।
७६ औं मिनेटमा झापा ११ ले पेनाल्टी पायो । रावि सिलवालले योगेश गुरुङलाई डिफक्स एरियामा फल गरेपछि पाएको पेनाल्टीमा कर्ण लिम्बुले गोल गरे । खेलको ८६ औं मिनेटमा विशाल राईले उत्कृष्ट गोल गरे ।
लगतै बुद्ध चेम्जाङले गोल गरेपछि झापा ११ पहिलो पटक आयोजित एन्फा कपको उपाधि जित्न सफल भयो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस