धुम्रपान र मध्यपान नगर्न चिकित्सकको सुझाव
पूर्वराजा ज्ञानेन्द्र डिस्चार्ज धुम्रपान र मध्यमान नगर्न चिकित्सकको सुझाव काठमाडौं, असोज ६–हृदयाघातका कारण अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार बिहान डिस्चार्ज भएका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि उनलाई बिहान ११ बजे डिस्चार्ज गरिएको नर्भिक अस्पतालका नायव प्रवन्धक आरपी मैनालीले रातोपाटीलाई जानकारी दिए ।
स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि शाहलाई शनिबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । शाहको उपचार वरिष्ठ हृदयरोग विशेषज्ञ डा यादवदेब भट्ट र भारत रावलसहितको टालीले गर्दै आएको थियो । रावतका अनुसार ज्ञानेन्द्रको स्वास्थ्यमा सुधार आएकाले उनलाई डिस्चार्ज गरिएको हो । उनलाई चिकित्सकहरुको सम्पर्कमा रहिरहन भनेका छने भने सन्तुलित आहार बिहान ध्यान दिन आग्रह गरिएको छ । चिकित्सकहरुले पूर्वराजाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएपनि उनले खानपानमा ध्यान दिनुपर्ने र धुम्रपान र मध्यमान पूर्ण रुपमा छाड्नुपर्ने सुझाव दिएको मैनालीले बताए ।
अध्याधिक धुम्रपान गर्ने गरेका पूर्वराजाले पनि आफू त्यसबाट टाढै रहने प्रतिबद्धता जनाएको स्रोतले जनाएको छ । हृदयघात भएपछि शाहको कोरोनरी रक्तनलीलाई एन्जियोप्लास्टी तथा स्टेनिङको माध्यमबाट चिकित्सकहरुले सफलतापूर्वक खोलिदिएका थिए । यसैबीच, पुर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अबस्थाबारे बुझ्न सोमबार बिहानैदेखि शाह उपचाररत अस्पताल नर्भिकमा आफन्तजन तथा शुभेच्छुकको घुँइचो लागेको थियो । शाहको स्वास्थ्य स्थितीबारे बुझ्न सोमबार बिहान उपराष्ट्रति परमानन्द झा,नेपाली सेनाका प्रधानसेनापति गौरवशम्सेर राणा,राप्रपाका महामन्त्री चन्द्रबहादुर गुरुङलगायत अस्पताल पुगेका थिए । डिस्चार्ज भएलगत्तै शाह नागार्जनुस्थित निवास लागेका थिए । रातोपाटी
पूर्वराजा ज्ञानेन्द्र शाहलार्इ डिस्चार्ज

