कपालको पहिरनको कमाल

आजकाल धेरैजसो मानिस पार्लर धाएर शरिरको रौं निकाल्छन्, कोही मानिस भने त्यहि रौं लगाउन पाउँदा मख्ख छन्, फेशनको रुपमा ।

 इंगलिश हेयरड्रेसर जोडी ब्रिडले भर्खरै मानिसको कपालबाट लुगा बनाएकी छिन् जसलाई मिर्सर् इंगलेन्डको प्रतियोगीले लगाएकी थिईन् ।

आफ्नो व्यवसायलाई मिर्सर् इंगलेन्डको प्रतियोगितामा कसरी प्रनिनिधित्व गर्ने भन्ने गहन बिचारको क्रममा जोडीले कपालकै लुगा बनाउने निधो गरेको बताईन् । ‘मेरो व्यवसाय कपाल र सौर्न्दर्यसंग जोडिएको छ त्यसकारण म यहि व्यवसायलाई वर्णन गर्न चाहन्थेँ ।

यसकालागि मैले ढांचा बनाएँ र मेरी सानिमा, मार्गरेट जेन्नर -ड्रेस मेकर) ले यसको डिजाइन गर्नुभयो ।

यसको लागि ६ घण्टा लाग्यो । ‘ जोडीले बताइन् । त्यो लुगा सैलु्नमा आउने ग्राहकको कपालबाट र १० वटा ‘हेयर एक्सटेन्सन’ बाट बनाइएको थियो । (एजेन्सी)

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस