पूर्वबाट १६ सय अपराधीहरु फरारको सूचीमा

साउनमा २६ जना पक्राउ, क्विक अपरेसन सुरु
 सुनसरी, भदौ २१ – विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेका पूर्वबाट १६ सयभन्दा बढी अभियुक्तहरु फरारको सूचीमा रहेको पूर्वाञ्चल क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले सार्वजनीक गरेको तथ्याङकका अनुसार सबैभन्दा बढी झापाबाट २ सय ८३ र सुनसरीबाट २ सय ६९ अभियुक्तहरु फरार रहेको देखिएको छ ।


त्यस्तै अपराधी खोजी गर्ने क्रममा आर्थिक वर्ष २०७१÷७२ को साउन महिनामा विभिन्न क्षेत्रबाट २६ अभियुक्तहरु पक्राउ परेको प्रहरीको प्रतिवेदनले जनाएको छ । त्यस्तै फरार रहने जिल्लाहरुमा पूर्वको इलामबाट ६३, ताप्लेजुङ्गबाट १२१ , पाचथरबाट ७७, मोरङ्गबाट १ सय ५५ , सिरहाबाट २ सय २२ , सप्तरीबाट २ सय १४ , उदयपुरबाट ९६ , धनकुटाबाट २२ , संखुवासभाबाट ११ जना फरारको शुचिमा रहेको पूर्वाञ्चल क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख गरिएको छ । त्यस्तै फरारकै सूचीमा  खोटाङ्गबाट ४७ जना, ओखलढुङ्गाबाट २३ जना , सोलुखुम्बुबाट ३२ जना अभियुक्तहरु फरारको शुचिमा रहेको प्रहरीको तथ्याङकले जनाएको छ ।

कमै मात्रामा फरार अभियुक्त रहेको जिल्ला भोजपुर र तेह«थुम रहेको छ जहा २ – २ जना मात्र फरार रहेका छन । फरार अभियुक्तहरु मध्ये केही १० वर्ष पुराना समेत रहेका छन् । फरार बिभिन्न मुद्दाका १६ सय बढी अभियुक्तहरु पक्राउ गर्न प्रहरीको विशेष टोली गठन गरी क्विक अपरेसन सुरु गरिएको पूर्वाञ्चल प्रहरी प्रमुख डिआइजी नवराज शिलवालले बताए । पूर्वाञ्चलको १६ वटै जिल्लाहरुमा फरार अपराधीहरु पक्राउ गर्नको निमित्त क्विक अपरेसन सुरु गरीएको क्षेत्रिय प्रहरी कार्यालय विराटनगरका डिआइजी शिलवालले बताए ।रातोपाटी  

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस