सुजाताको निलम्बनमाथि चौतर्फी विरोध

सुनसरी, असोज ९ – नेपाली कांग्रेसको केन्द्रिय कमिटी अन्र्तगत अनुशासन समितिले महिला नेतृ सुजाता कोइरालालाई पार्टीबाट निलम्बनको सिफारिस गरीरहेको बेला सुनसरीभरी चौतर्फी विरोध सुरु भएको छ । कांग्रेस नेतृ कोइराला विरुद्ध गरिएको निलम्बनको सिफारिस तत्काल फिर्ता लिन माग गर्दे सुनसरीका किसानहरु आन्दोलित बनेका छन् ।


नेपाल किसान संघ सुनसरीले विज्ञप्ती जारी गरी नेतृ कोइराला विरुद्धको सिफारिस फिर्ता नलिए सबैले पार्टी र किसान संघबाट सामुहिक राजीनामा दिने चेतावनीसमेत दिएको छ । नेपाल किसान संघ सुनसरीका अध्यक्ष बिष्णु बहादुर डागीद्वारा हस्ताक्षरीत सो विज्ञप्तीमा नेतृ कोइराला माथी अनेकौँ लाञ्छना लगाई केन्द्रीय नेताहरु मध्ये केहिले व्यक्तिगत रिसिवी साध्न खोजेको आरोप उल्लेख गरिएको छ । केन्द्रिय अनुशासन समितीले महिला नेतृ सुजाता कोइरालामाथी गरिएको निलम्बनको सिफारिस तत्काल फिर्ता नलिए सुनसरी मात्र नभएको सिङ्गो मुलुककै किसानहरु सडकमा उत्रने नेपाल किसान संघले चेतावनी दिएको छ । -रातोपाटी

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस