बाबुराम र म चिप्लिएकै होः प्रचण्ड

काठमाडौं : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले दुई तिहाई बहुमत हुँदा पनि आफू र अर्का नेता डा. बाबुराम भट्टराई संविधान बनाउन चिप्लिएको स्वीकार गरेका छन्।

परिवर्तनका पक्षधरको दुईतिहाई हुँदा आफूहरु लाई बिरोधीले संविधान बनाउन नदिएको स्मरण गराउँदै दाहालले भने, 'हामी विरोधीका गोली बारुदसँग झुकेनौं तर उनीहरुका चिप्ला कुरामा चिप्लियौ,बाबुरामजी र म उनीहरुका चिप्ला कुरामा चिप्लिएकै हो।'

स्वर्गीय नेता सुरेश वाग्लेको स्मृतिमा सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित श्रद्वाञ्जली कार्यक्रममा दाहालले यस्तो धारणा राखेका हुन्। दाहालले भिन्न मत भएकाहरुलाई धकेल्न चाहने र मतभेद हुने बित्तिकै निक्लेर हिड्ने अतिवादी प्रवृत्ति आफनो पार्टीमा रहेको खुलासा गरेका छन्। आफनो आडमा संस्थापन पक्षमा निषेध गर्न खोज्ने र नेता बाबुराम भट्टराई पक्षमा मदभेद हुने बित्तिकै पार्टीबाट निक्लेर हिडन खोज्ने प्रबृत्ति रहेको खुलासा दाहालले गरेका हुन्।

'यस्तो प्रबृत्ति पार्टीमा सधै भइराख्छ। जनयुद्वको वेलामा पनि हुन्थ्यो। अहिले पनि भइरहेको छ, दाहालले भने' म र बाबुरामजीका बीचमा व्यक्तिगत झगडा छैन। कहिले काही तितो बहस भइरहेको हुन्छ। अहिले पनि हाम्रो पार्टीमा चर्को बहस छ।' अतिवादी सोच हावी हुन दिदा माक्र्सवाद र जनताले हार्ने र प्रतिक्रियावादी षडयन्त्रले जित्ने पनि दाहालले बताए। 'निषेध चाहने र अलग भान्छा गरेर बाक्लो दाल खान चाहने अतिवादी प्रबृत्ति देश,जनता र क्रान्तिका निम्ति घातक हुन्छ।' अन्नपूर्ण पोस्ट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस