प्रभुको डबल बहार कालीकोटकी कल्पनालाई
काठमाडौँ, १४ कात्तिक । प्रभु मनी ट्रान्सफरले दशैं तिहारको अवसरमा ल्याएको ‘प्रभु डबल बहार’ योजनाअन्तर्गतको बम्पर उपहार कल्पना कुमारी शाहीले जितेकी छन् । लक्की ड्र मार्फत कालीकोटकी शाहीले ४२ इन्च एलइडी टिभी र डिसहोम जितेकी हुन्।
प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले लक्की ड्र मार्फत बिजेता छानेका हुन् । शाहीलाई प्रभु मनि ट्रान्सफरमार्फत उनका दाजुले कालीकोटबाट पैसा पठाएका थिए ।
कल्पनाले २६ सेप्टेम्बरमा काठमाडौंको महामञ्जुश्री सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमार्फत पैसा लिएकी थिइन् ।
प्रभुले १४ सेप्टेम्बरमा सुरु गरेको यो योजना २९ अक्टोबरमा सकिएको थियो । योजनाअन्तर्गत कम्पनीले दैनिक पुरस्कारमा ४६ वटा लेमन मोबाइल, ४६ वटा १ वर्षको दुर्घटना बिमा योजना ग्राहकलाई बाँडिसकेको छ । यस्तै साप्ताहिक पुरस्कार अन्तर्गत लेमनकै अर्को मोबाइल १२ जनालाई प्रदान गरिएको प्रभुले जनाएको छ ।
कम्पनीले विदेशबाट रकम पठाउनेलाई पनि उपहार प्रदान गरेको छ । विदेशबाट रकम पठाउने मध्येबाट हरेक हप्ता १ जनालाई एकतर्फी हवार्इ टिकट प्रदान गरेको जनाएको छ । योजना अवधिभरमा २ लाख ५० हजार ९ सय २० कारोबार भएको कम्पनीले जनाएको छ ।
dainiknepal.com

