हिन्दु राज्य माग्नेहरु पक्राउ परेपछि

काठमाडौं, कात्तिक १२– हिन्दु राज्य पुनःस्थापनाको मागसहित लामो समय यता रिले अनसनमा बसेका धर्म गुरुहरुलाई सरकारले हिजो रत्नपार्कको शान्तिबाटिकाबाट पक्राउ गरेपछि राप्रपा नेपालले आपत्ती जनाएको छ ।

शान्तिपूर्ण ढंगले आफ्नो माग राख्न पाउने प्रत्येक नागरिकको मौलिक एवं नैसर्गिक अधिकार भएपनि यसकारले यसलाई कुण्ठित गर्न खोजेको समेत राप्रपा नेपालले आरोप लगाएको छ ।
राप्रपा नेपालको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकले सरकारको यस्तो हर्कत संबिधान र प्रजातांत्रिक मुल्य मान्यता विपरीत रहेको दाबी गर्दै धर्ममा आस्था राख्ने सम्पूर्ण धर्मावलंबीहरु माथिको नै निर्मम प्रहार भएको ठहर गरेको छ ।
बैठकले पक्राउ परेकाहरुलाई तत्काल रिहाईको माग गर्दै पक्राउ गरेकाहरुलाई उचित क्षतिपूति दिन समेत सरकारसँग माग गरेको छ ।
बैठकपछि अध्यक्ष कमल थापाले धर्म गुरुहरुलाई गरिएको पक्राउले सम्पूर्ण धर्मावलम्बीहरुकै घोर अपमान भएको बताए ।


उनले रत्नपार्कको शान्ति बाटिकामा अनशनरत धर्मगुरुहरुलाई दुर्व्यवहार गर्ने, धरपकड गर्ने, धार्मिक पुस्तक च्यात्ने तथा अनशन स्थल जबरजस्ती भत्काउने जस्ता कार्य सरकारबाट हुनु दुःखद भएको बताए ।

‘ नेपाललाई हिन्दुराष्ट्र कायम गराउने माग राखि रत्नपार्कको शान्ति बाटिकामा अनशनरत धर्मगुरुहरुलाई दुर्व्यवहार गर्ने, धरपकड गर्ने, धार्मिक पुस्तक च्यात्ने तथा अनशन स्थल जबजस्ति भत्काउने जस्ता कार्य सरकारबाटै हुनु दुःखद हो, यसको राप्रपा नेपाल घोर भत्सर्ना गर्दछ।’ बैठकपछि अध्यक्ष थापाले भने ।
बैठकले यसवारे आजै प्रधानमंत्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकले आफूहरुको उठाएको माग पुरा नभए आगामी संसद बैठक नै ठप्प बनाउने निर्णय समेत गरेको छ ।
प्रहरीले अनसनरत धर्मगुरु सहित झण्डै आधा दर्जन साधुसन्तलाई मंगलबार शान्तीबाटिकाबाट पक्राउ गरेको थियो ।
 - See more at: ratopati.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस