भुलेर पनि नगर्नुस् सुत्ने कोठामा फोन चार्ज

तपाइँ हामी मध्ये अधिकाँशले सुत्ने समयमा आफ्नो फोन चार्जमा राख्ने गर्छौं । मोबाइल र ल्याटप जस्ता उपकरण चार्ज गरेर सुत्ने बानी छ भने आजै देखि छोडिदिनुस् ।   खासगरी सुत्ने कोठामा यस्ता उपकरण

चार्जमा राख्नु निक्कै घातक भएको विज्ञहरुले बताएका छन् । डेलीमेलमा प्रकाशित शोधका अनुसार सुत्ने कोठामा फोन या ल्यापटप चार्ज गर्ने ब्यक्तिलाई मोटोपनको खतरा हुन्छ भने अन्य रेडियो विकिरणजन्य समस्या पनि हुन सक्छ ।   स्पेनको युनिभर्सिटी अफ ग्रानाडाका शोधकर्ताहरुले बेडरूममा फोन या ल्यापटप चार्ज गर्ने ब्यक्तिलाई अनिद्रा, पाचन सम्बन्धी समस्या र र मधुमेहको समेत अधिक जोखिम हुन्छ ।   शोधकर्ताहरुले बेडरूममा सुत्दा फोन चार्ज गर्दा निस्कने मधुरो प्रकाशले निद नियन्त्रित गर्ने हार्मोनलाई प्रभावित हुन्छ र यसले भोक बढाएर बढी खाने समस्या समेत ल्याउन सक्छ ।   सुत्ने समयमा चार्ज गर्नै परेपनि सुतेको समयमा भन्दा अन्य समयमा र सके सम्म सुत्ने कोठामा फोन वा अन्य उपकरण चार्ज नगर्न सुझाव शोधकर्ताहरुले दिएका छन् । nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस