सहबास भन्दा केक बढी मन पराउँछन् स्त्री
महिलाहरुलाई के मन पर्छ भन्ने विषयमा एउटा नयाँ सर्वेक्षण सार्वजनिक भएको छ । यसको नतिजा पनि अनौठो छ ।
डेली स्टारमा प्रकाशित यो रिपोर्ट अनुसार आफूलाई मन पर्ने केक खानका लागि र वाइन पिउनका लागि अधिकाँश महिला सेक्सको इच्छा मार्न सक्छन् ।
२२०० महिलामा गरिएको सर्वेबाट यो निष्कर्ष निकालिएको हो ।
यो सर्वेक्षणका निर्देशक किपलिङले पछिल्लो समयमा मानिसहरुमा केकप्रतिको लगाव एक दम बढेको र महिलाहरुमा यसको चाहाना झनै बढी रहेको बताए ।
मानिसहरु केक खानकै लागि अन्य इच्छा मार्न समेत तयार हुने उनको दावी छ ।
/nepaliheadlines.com

