दुर्घट्नामा परि नायिकाको निधन
खेम राज खनाल
अक्टोबर ३१ दुबई
रोजगारीको सिलसिलामा यु ए ई दुबइ पुगेका तामाङ चलचित्रका नायिका किशा थोकरको दुबइमा कारको ठकरमा परी मृत्यु भएको छ । यु.ए.ई दुबईको फुजेरामा दुर्घटनामा परी किशा थोकरको निधन भएको हो । ५ महिना देखी दुबई फुजेराको प्रोफेसनल सेकुरिटी सिस्टम कम्पनीमा कार्यरत सेकुरिटी गर्दै आई रहेको कार्तिक 11 गते यु.ए.ई को समय १०:३० बजे कोठा बाट काम तर्फ जादै गर्दा रोड पार गर्ने क्रममा अर्को दिसा बाट आउदै गरेको कार ले ठक्कर दिंदा २२ बर्षीय किशोरी किशा थोकरको घटना स्थलमै ज्यान गएको छ भने घटना भए लगतै शव लाई लगेर फुजेराकै एक हस्पिटलमा राखिएको जानकारी प्रप्त भएको छ । काभ्रे जिल्लाको शिखरअम्बोटेमा जन्मेका उनले तामाङ चलचित्रमा पहिलो पटका २०६७ सालमा आले च्याङ्बा नामक चलचित्रबाट डेब्यु गरेका यि नायिकाले ए बिना ङा सो आखाम, नालिस, तिङ्ला जो र त्यसै गरी नेपाली चलचित्र यू एन्ड मि मा समेट नायिकाको भूमिकामा अभिनय गरेको थियो भने थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेको थियोhttp://www.pardeshikhabar.com/

