इजरायलको तिवेरियामा एक महिलाले गरिन आत्महत्या

वैदेशिक रोजगारीको शिलशिलामा इजरायल पुगेकी स्थायी घर सिक्किम भएकी एक नेपालिभाषी अन्दाजी ३५ बर्षीय अनु शेर्पा नाम गरेकी महिलाले आफु बस्दै आएको कोठामै झुन्डिएर आत्महत्या गरेको एन आई न्यूज इजरायलले जनाएकोछ |


महिलाले काम गर्ने नजिकै तिवेरियामै कार्यरत नेपालीले दिएको जानकारी अनुसार मृतकले काम गर्ने घरमा रोजगारदाता लगायत परिवार रहने गर्दथे|उनलाई छुट्टै रुम दीइएकाले बेलुका काम सकेर रुममा जाने गर्द थिइन्|बिहान करिब ८ बजे सम्म पनि उनि डिउटी नआए पछी मालिकले फोन गर्दा फोन नउठाए पछी उनि सुत्ने कोठाको ढोका ढक्ढक्याउडा पनि नखोले पछी भर्याङ् प्रयोग गरि झ्याल बाट हेर्दा झुन्डिएको अवस्थामा फेला पारेको रोजगारदाताको पारिवारिक श्रोतले वताएको छ |यस्तो अबस्था फेला पारे लगत्तै प्रहरीलाई खबर गरिएको र प्रहरीले घटनास्थलको निरिक्षण गरि मृतकको शवलाई तिवेरियाको पुरिया हस्पिटलतर्फ लगेको जनाईएको छ|


उनको कोठाबाट उनले लेखेका केहि चिठ्ठी हरु साथमा रातो मसिले लेखिएको चिठ्ठी समेत रहेको घटनाको वारेमा वुझ्न घटनास्थल पुग्नुभएकी समाजसेवी सावि पाठकले जानकारी दिनु भएको छ|अनुसन्धानमा घरयासी कारणले आत्महत्या गरिएको अनुमान गरिएको छ|उनि बिबाहित र उनकि करिब ११ बर्षीय छोरी रहेको एन आइ न्युजले छापेको छ्| साभार : एन आई न्यूज इजरायलhttp://www.pardeshikhabar.com/

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस