जान्नुहोस् खाना र यौन सन्तुष्टिबीचको सम्बन्ध

तपाईंले कहिल्लइे सेक्सी र हेल्थीबीचको सम्बन्ध खोज्ने प्रयत्न गर्नुभएको छ । सत्य यो हो, यहाँ यौन र खानाबीच महत्वपूर्ण सम्बन्ध हुन्छ, स्वस्थ खाने र सेक्सी रहने कुरा अन्योन्याश्रित हुन्छ । स्वस्थ खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन दिन सक्छ । आफैंसँग इमान्दार हुनुहोस्, अरुको बारेमा बिर्सिदिनुहोस्

र केही सेकेन्डको लागि सोच्नुहोस् कि तौल घटेमा, स्वस्थ खाएमा र नियमित व्यायाम sexगर्दा कस्तो अनुभव गर्नुहुन्छ ? त्यतिबेला आफूलाई सेक्सी अनुभूत गर्नुहुन्छ ? प्रशस्त पानी पिउने, स्वस्थ खानेकुरा खाने, अनि नियमित व्यायाम गर्दा म भने आफूलाई सेक्सी महसुस गर्दछु । अब, जब तपाई सेक्सी अनुभव गर्नुहुन्छ, के गर्नुहुन्छ ? सम्भवतः तपाई आफूलाई सुहाउने र ठिक्क हुने नयाँ कपडा किन्नुहुन्छ ? तपाई केटी हो भने हाइग हिल किन्नुहुन्छ ? जति तपाईं आकर्षक बन्नुहुन्छ, आत्मविश्वास बढ्छ जसले सेक्सप्रतिको चाहनामा वृद्धि हुन्छ । एकजना सेक्सोलोजिस्टको नाताले, म उनीहरुलाई सम्बन्ध विकास गराउन मद्दत गर्दछु जसमा यौन सन्तुष्टि पनि समावेश हुन्छ । के तपाईंलाई लाग्छ, यौन इच्छा नहुनु स्वस्थ अवस्थाको कारण वा हर्मोनको असन्तुलनले गर्दा हो ? जे भएपनि, धेरै महिलाका लागि कामेच्छाविहिन बनाउने कुरा भनेको केवल आफैं, आत्मसम्मान र आफ्नै सम्बन्ध नै हो । हर्मोनको असुन्तलन हाम्रो खानेकुरा, त्यसले पार्ने असरका कारण हुनसक्छ । तपाई दुःखी हुनुको सामान्य कारण हो तपाईं स्वस्थ र पौष्टिक खानुहुन्न । यसले तपाईं थकित बन्नुहुन्छ, तनाव महसुस गर्नुहुन्छ, दुब्लाउने वा मोटाउने समस्या हुन्छ र डिप्रेसन हुनसक्छ । विभिन्न अध्ययनहरुले राम्रो सम्बन्ध र यौन सन्तुष्टिको बीचमा बलियो सम्बन्ध हुने देखाएका छन् । सम्बन्धको बारेमा तपाईंको बुझाई, तपाईको साथी, र, अझ महत्वपूर्ण तपाईं आफ्नै यौन प्रतिक्रिया र सन्तुष्टिमा गहिरो सम्बन्ध हुनसक्छ । भर्खरै गरिएका अध्ययनहरुले पुष्टि गरेको छ, स्वस्थ खाएर तौल गुमाउँदा यौन क्रिया र सन्तुष्टिमा राम्रो प्रभाव पार्दछ । त्यसरी नै, नियमित व्यायाम गर्ने र पौष्टिक खाना खाने मानिससँग यौन चाहना र यौन उत्तेजना जगाउने र उत्कर्षसम्म टिकिरहने उच्च शक्ति हुन्छ । राम्रो कुरा, होइन ? अब, आफ्नै जीवनलाई ध्यान दिउँ । तपाईंले खाने पौष्टिक खाना कत्तिको स्वस्थ छ रु तपाईंको यौन जीवन कति सक्रिय र सन्तोषजनक छ रु जसले स्वस्थ खानेकुरा खान्छ, उसैको यौन जीवन राम्रो हुन्छ । ‘र, खानामा जति धेरै र सन्तुलित पौष्टिक तत्व, यौनमा त्यति धेरै चाहना, सक्रियता र आनन्द १ एउटा वैज्ञानिक अध्ययनले के पुष्टि गरेको छ भने, खराब आहार र तौल वृद्धिले मष्तिष्कको विकासमा अव्यवस्था सिर्जना गर्दछ जसले यौन लगायतका धेरै किसिमका समस्याहरु निम्त्याउँछ । अर्को शब्दमा, स्वस्थ मष्तिष्कको उपज नै सफल यौन हो र स्वस्थ आहारबाट नै स्वस्थ मष्तिष्क सम्भव हुन्छ । शरीरको मेटाबोलिज्म अभिवृद्धि गर्ने खानाले तपाईंको मष्तिष्कको पोषण गर्दछ र स्वस्थ मष्तिष्क सहितको शरीरले तपाईको यौन जीवन सुखद बनाउँछ । सुखद समाचार छ, स्वस्थ र सन्तुलित खानाले पूर्ण, स्वस्थ, सेक्सी र सुखद यौन जीवन बाँच्न सकिन्छ । आहारमा सुधार ल्याउन कुनै ठूलो परिवर्तन गर्नुपर्दैन । सामान्य कुराबाट सुरु गर्नुहोस् र चरण चरणमा सुधार गर्नुहोस् । बच्चाले खाने स्न्याक, साथीको खाना र जिब्रोलाई मिठो हुने खानेकुरा खान छोडिदिनुहोस् । हेर्नुस्, तपाई कता तिर हिंड्दै हुनुहुन्छ ? सेक्सी , स्वस्थ र सफल यौन जीवनको लागि जादुमय चक्कीहरु हुँदैनन् । तपाईं र तपाईसँग मात्र त्यो शक्ति छ, जसले तपाईंको स्वस्थ खाना र स्वस्थ यौन जीवन सुनिश्चित गर्न सक्छ । वास्तविक भियग्रा भनेको पोषणसहितको स्वस्थ खानेकुरा हो जसले सर्वोत्तम यौन सन्तुष्टि दिन सक्छ ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस