स्पेनमा इवोला देखिएपछि युरोपभर आतंक

एजेन्सी – पश्चिमी अफ्रिकी मुलुकहरुमा महामारीको रुपमा फैलिएको इवोला भाइरसको संक्रमण स्पेनमा देखिएपछि सिंगो युरोपभरि नै ज्ञास फैलिएको छ । स्पेनमा मंगलबार चार जनामा इवोला भाइरसको संक्रमण देखिएको पुष्टि भएपछि इबोला आतंक मच्चिएको हो । विश्व स्वास्थ्य संगठले युरोपमा पनि इवोलाले

महामारीको रुप लिन सक्ने चेतावनी दिएपछि त्रास थप फैलिएको छ । यसअघि इवोला संक्रमिति विरामी भर्ना गरिएको म्याड्रिडस्थित ला पाज क्यारोल्स अस्पतालकी नर्समा इवोलाको संक्रमण देखिएको थियो । यसको पुष्टी समेत भइसकेको छ । पछि उनले हेरचाह गरेका दुई बिरामीमा पनि भाइरसको संक्रमण देखिएको जनाइएको छ । यसअघि अफ्रिकी मुलुकबाहिर भाइरस फैलिएको थिएन । चिकित्सकहरुले यसको संक्रमण थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । इबोलाको संक्रमणको डरले अस्पतालहरुले विरामी भर्ना लिन समेत अस्वीकार गरेका छन् । स्पेनमा इबोलाको भाइरस देखिएपछि युरोपियन युनियनले थप चासो व्यक्त गरेको छ । उसले इबोला भाइरस युरोप छिर्नुको कारण खोज्ने जनाएको छ । इबोला संक्रमणका कारण पश्चिम अफ्रिकी मुलुकहरुमा करिब तीन हजार पाँच सय जनाको मृत्यु भइसकेको छ भने करिब सात हजार व्यक्ति यसबाट संक्रमित भएका छन् । केही समयअघि मात्र एक अमेरिकी चिकित्सकले यसको उपचार पत्ता लगाएको दावी गरे पनि उपचार सर्वसुलभ हुन सकेको छैन ।/www.ratopati.com

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस