नेपालका महत्वपूर्ण नेताको हत्याको गोप्य सूचनाबारे सुरक्षा बैठक

भारत सरकारले आतंककारीद्वारा नेपालका महत्वपूर्ण नेताको हत्या हुनसक्ने सूचना नेपाल सरकारलाई दिएको १८ दिनपछि सुरक्षा निकायका प्रमुखहरुले यसलाई गम्भीरतापूर्वक लिंदै विशेष छलफल चलाएका छन् । निकायका प्रमुखको आइतबार र सोमबारका विभिन्न बैठकहरुमा विमानास्थलमा विशेष सुरक्षा योजना तयार गर्नेबारे छलफल भएको छ ।


नेपाल नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालय बबरमहलमा गृहसचिव सूर्य सिलवालको अध्यक्षतामा बसेको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था मजबुत बनाउनेबारे छलफल भएको सुरक्षा स्रोतले बतायो । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख जितबहादुर केसीसहित नेपाली सेनाका उपरथी, रक्षा र गृह मन्त्रालयका उच्च अधिकृत सम्मिलित बैठकमा विमानस्थलमा तैनाथ सुरक्षा निकायहरुले नै तत्काल योजना तयार गर्ने निर्णय भएको छ। विमानस्थलको भित्री भागको सुरक्षामा नेपाल प्रहरी र बाहिरी सुरक्षा नेपाली सेनाले गर्दै आएको छ। nepaliheadlines

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस