आमिर आउँदा पारसलाई उपेक्षा !
काठमाडौं । बलिउड सुपरस्टार आमिर खानलाई न्यानो आतिथ्य दिने क्रममा युनिसेफले नेपाली क्रिकेटका कप्तान पारस खड्कालाई भने हेपाहा व्यवहार गरेको छ ।
आमिर र पारसले संयुक्त रुपमा युनिसेफको ‘सुनौला १००० दिन’ को उद्घाटन् गर्ने कार्यक्रम थियो । तर, आमिरलाई मञ्चमा र पारसलाई दर्शकदिर्घामा राखियो । सुनौला हजार दिन उद्घाटन गर्ने क्रममा मात्रै पारस मञ्चमा उक्लिन पाए ।
उद्घाटनपछि उद्घोषकले उनलाई ‘थोरै शब्द बोल्न’ आग्रह गरिन् । पारस एक मिनेट बोलेर फेरि दर्शकदिर्घामा ओर्लिए । त्यसपछि आमिरले आमाको दूधको विषयमा एक घण्टा प्रवचन दिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

