फेसबुकका संस्थापक जुकरबर्ग मोदीसँग के चाहन्छन् ?
एजेन्सी – लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले इन्टरनेटलाई पनि मानवअधिकारका रुपमा व्याख्या गरेका छन् । जुकरबर्गले बिहिबार सुरु दुईदिने ‘इन्टरनेट डट ओराजी’ सम्मेलनमा सम्बोधन गर्दै इन्टरनेट स्वतन्त्रताको वकालत गरेका हुन् । उनले फेसबुकको सर्वेक्षणमा ६९ प्रतिशत भारतीयले उनीहरु इन्टरनेटबाट कसरी लाभान्वित हुने अनभिज्ञ रहेको पाइएको बताए । बिहिबार सुरु हुने दुईदिने ‘इन्टरनेट डट ओआरजी’ सम्मेलनमा सहभागि हुन भारत आएका जुकरबर्गले शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने अनुमान छ । दुई दिने यात्रामा भारत आएका लोकप्रिया सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले भारतीय प्रधानमन्त्रीसँग के कस्ता मुद्दा उठाउलान् ? सवा अर्व जनसंख्या रहेको भारतमा अहिले १२ प्रतिशत भारतीयको मात्र इन्टरनेटमा पहुँच छ । मोदी सरकारले आफ्नो भिजनमा देशभर इन्टरनेट विस्तारलाई प्रमुखता दिएको छ । भारतभर इन्टरनेटको विस्तार भए फेसुबकलाई पनि फाइदा पुग्ने निश्चित छ । किनभने फेसबुकले लाखौं करोडौं नयाँ प्रयोगकर्ता पाउनेछ । जुकरबर्गले मोदीसँग भारतीय कर प्रणाली सरलीकृत गर्न र विदेशी लगानीमैत्री बनाउन मोदीसँग आग्रह गर्न सक्छन् । भारतमा बहुराष्ट्रिय कम्पनीले व्यापार गर्न वा वैदेशिक लगानी गर्न अनुदार कर प्रणालीका कारण सहज छैन । मोदीसँग जुकरबर्गको अर्को आग्रह व्यक्तिगत सूचना तथा जानकारीको गोप्यताबारे पनि हुनेछ । आजको नागरिक दैनिकमा खबर छ । www.ratopati.com

