फेसबुकबाट ‘फेस टु फेस’ हुँदा प्रहरी फन्दामा
सिन्धुली,असोज २४ –सामाजिक सञ्जाल फेसबुकले मानिसबीचको सम्बन्धमा परिवर्तन ल्याइदिएको छ। फेसबुकले एकातिर युवक युवतीबीच चिनजान, मित्रता र सम्बन्धलाई नयाँ आयाम दिएको छ भने यही फेसबुकले कतिलाई समस्यामा पारेको छ। फेसबुकको मित्रताले सिन्धुलीका दुई जोडीलाई प्रहरी हिसासतसम्म पुर्याएको छ। केही समयअघि मात्रै फेसबुकबाट साथी बनेका कमलामाइ नगरपालिका ७ सिन्धुलीका जनकलाल आले र विमल मगर तथा सर्लाही जिल्ला हरिवन (परिवर्तित ठेगाना) बस्ने कमला पाख्रिन र शकुन्तला तामाङलाई फेसबुकले नै एक अर्कामा भेट हुने मौका जुराएको थियो। उनीहरूबीच विजयादशमीको अबसरमा एकआपसमा भेटघाट गर्ने निर्णय पनि फेसबुकबाटै भएको थियो । सोही अनुसार पाख्रिन र तामाङ सर्लाहीबाट मंगलबार सिन्धुली सदरमुकाम आइपुगेका थिए। आले र मगर पनि फेसबुकको साथी भेट्न सदरमुकाम आइपुगे। फेसबुकबाट फेस टु फेस भई सँगै खाजा खाएर रमाइलो गरे। रमाइलो गर्ने क्रममा सार्वजनिक सडक नजिकको काँसघारीमा गएर शारीरिक सम्पर्कमा मस्त भएपछि उनीहरूलाई प्रहरीको गस्ती टोलीले समातेको थियो । प्रहरीले कमलामाई नगरपालिका ६ ग्वाङखोला नजिकैबाट उनीहरुलाई अश्लील क्रियाकलापमा संलग्न भएको भन्दै रंगेहात पक्राउ गरेको जनाएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । www.ratopati.com

