तीन करोड दिए ५० हजारलाई रोजगार दिन्छु : मन्त्री बस्नेत

२४ असोज, भैरहवा ।   उद्योग मन्त्री महेश बस्नेतले सरकारले सहिद परिवारलाई दिने रु दुई करोड ८० लाख आफुलाई दिए आफुले मुलुकका ५० हजार बेरोजगारलाई रोजगार दिने बताएका छन । प्रेस चौतारी रुपन्देहीले

भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले युवाहरूलाई फरक किसिमको तालिम दिएर रोजगारीमा लगाउन सकिने बताए । मुलुकमा रहेको बरोजगारलाई घरेलु बाहेक फरक किसिमको तालिम कसरी दिन सकिन्छ भन्ने आफूले योजना बनाएको र ५० हजार बेरोजगारलाई कसरी रोजगार दिन सक्नेमा आफुले छिटै योजना सार्वजनिक गर्ने उनले बताए । मुलुकमा जसले उत्पदान गर्छ त्यही उत्पीडित रहने नेपालको विडम्बना रहेको बताउँदै सरकारी कर्मचारीले पनि मुलुकमै बन्ने कपडाको पोसाक लगाउनुपर्दछ, मन्त्रीले बस्नेतले भने ‘‘स्वदेशी उत्पादनको उपयोग गर्ने बानी नबसेकाले स्वदेशी उद्योगधन्दा फस्टाउन नसकेको हो । मुलुकमै रबर खेती, मह, जुट र कपासलगायतको खेती गर्ने हो भने विदेशबाट आयात हुने वस्तुको मुख नताक्नु पर्ने बताउँदै उनले एक निर्वाचन क्षेत्रमा ठूला एक उद्योग स्थापना हुनुपर्नेमा जोड दिए । राससnepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस