हाकिमकै घरमा ड्राइभर झुन्डिए पछि

विराटनगर : जिल्ला शिक्षा कार्यालय इलामका सवारी चालक छत्र विष्टले विराटनगरमा आत्महत्या गरेका छन्।

इलामका जिल्ला शिक्षा अधिकारी टंक गौतमको विराटनगर १५ स्थित घरमा चालक विष्ट डोरीको पासो लगाइ झुन्डिएको अवस्थामा शुक्रबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ। बिहीबार बेलुका खाना खाएर घरको माथिल्लो तलाको कोठामा सुतेका इलाम ४ का ४० वर्षीय विष्टलाई घरको छतमा झुन्डिएको अवस्थामा फेला पारेको मोरङ प्रहरीका प्रवक्त ा डीएसपी प्रभुप्रसाद ढकालले बताए।

तस्वीर सन्दर्भका लागि मात्र
विराटनगरमा शिक्षा विभागले आयोजना गरेको समाहित शिक्षाको नीति निर्माण विषयक तालिममा सहभागी हुनका लागि जिशिअ गौतम चालकसहित मंसिर ३ गते विराटनगर आएका थिए। इलामका जिशिअ गौतम यसअघि जिल्ला शिक्षा कार्यालय मोरङमा उपसचिव थिए।  विष्टको आत्महत्याको कारण खुल्न सकेको छैन। केही समय पहिलेदेखि उनी मानसिक रोगी रहेको र औषधि सेवन गर्दै आएको परिवारले जनाएको छ। चालक विष्टको शव कोशी अञ्चल अस्पताल विराटनगरमा पोष्टमार्टम पछि शुक्रबार नै आफन्तको जिम्मा लगाइएको छ।  अन्नपूर्णपोस्ट डटकममा प्रकाशित समाचार छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस