तस्करसँग मिल्ने असर्इ सहित चार प्रहरी निलम्बित
झापा : तस्करसँग मिलेर प्रहरी आचरण विपरीत कार्य गरेको भन्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाले एक प्रहरी सहायक निरीक्षकसहित चार प्रहरीलाई निलम्बन गरेको छ । कार्यालयले २३ जना प्रहरीमाथि कारबाही चलाएको छ ।
पूर्वी नाका काँकडभिट्टामा सुपारी तस्करसँग मिलेर अवैध गतिविधि गरी प्रहरीको छवि विगारेको जनाउँदै उनीहरूलाई कारबाही गरिएको हो । रासस/अन्नपूर्ण पोस्ट

