वान साइडेड लभका कारण आफैलाई जलाएर आत्महत्या
धुलिखेल : एकतर्फी प्रेम (वान साइडेड लभ) का कारण एक किशोरले जलेर आत्महत्या गरेका छन्।
एकतर्फी रुपमा आफुले मन पराएकी युवतीले आफुलाई मन नपराई अर्कै केटालाई मनपराएपछि मध्यपुर थिमी नगरपालिका–१६ लोकन्थली बसोबास गरि हाल काठमाडौँ नयाँ बानेश्वरस्थित एपेक्स कलेजमा बिबिए छैठौँ सेमेष्टरमा अध्ययनरत १९ वर्षिय आशिष उप्रेतीले आफैँ आगो लगाएर आत्महत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार उप्रेतीको लाश जलेको अवस्थामा काभ्रे गाउँ विकास समिति–९ स्थित बजगाँईडाँडाँ(धुलिखेल देविस्थान नजिकै) सोमबार बिहान फेला परेको हो।
युवकका बाबु हेम उप्रेतीले आफ्नो छोरो विगत एक हप्तादेखि निराश अवस्थामा झोक्राएर बस्ने गरेको बताए । उनले आशिषले मन पारएकी युवतीले आशिषलाई मन नपराई अर्को केटालाई मन पराएपछि केहि दिनअघि उनीहरुबीच झगडा भएदेखि आशिष झोक्राएर बस्ने गरेको युवकका बाबु हेमले बताए। युवक जलेको अवस्थामा फेला परेपनि उनका परिवारले भने आशिषले आफै आत्महत्या गर्न नसक्ने परिवारको दावी छ । आशिषलाई कसैले आगो लगाईदिएको हुन सक्ने उनको परिवारको आशंका रहेको छ।
प्रहरीले आशिषको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक आशिषको लाश भने पोष्टमार्टमका लागि काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ । जलेको अवस्थामा युवकको लाश फेला परेपछि भने घटना रहस्यमय बनेको छ। युवकले आफ्नै मोटरसाईकलको पेट्रोल निकालेर आफ्नो शरिरमा छर्किएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। रामेछाप जिल्ला पकवारवास घर भई उप्रेतीको परिवार विगत १० वर्षदेखि लोकन्थलीमा बस्दै आएको थियो।
-annapurnapost

