गोली हानेर बैंकको बीस लाख लुटियो

रौतहट : रौतहटको चन्द्रनिगाहपुरस्थित मेन रोडमा रहेको नेपाल एसबीआई बैकबाट रकम झिकेर निस्केका आइडी बैंकका गार्डलाई गोली हानी एउटा समुहले २० लाख लुटेका छन्।

चन्द्रनिगाहपुरमै रहेको आइडी बैक( इन्फ्रास्ट्रक्‍चर डेभेलपमेन्‍ट बैंक)का गार्ड टेक बहादुर कार्कीलाई तिघ्रामा दुई गोली हानी रकम लिएर भागेको आइडी बैकका मेनेजर बासु भट्टराइले बताए।

गार्डसँगै रकम लिन नेपाल एसबीआई बैक गएका आइडी बैकका कर्मचारी उज्जव रिजाललाई लुटेरा समुहले कुटपिट गरेका छन्। नेपाल एसबीआई बैकबाट २० लाख रकम लिएर बैकबाट निस्कंदै गर्दा भ:याङमा गार्डलाई गोली हानिएको थियो।

प्रत्यक्षदर्शीका अनुसार लुटेरा समुह दुईवटा मोटरसाइकलमा आएको र गोली हानी रकम लिएर फरार भएको बताए। घाइते भएका कार्कीको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको र लुटेरा समुहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
- See more at: http://annapurnapost.com/News.aspx/story/2662

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस