अस्पतालका बिरामी र कुरुवाको पाकेट मार्ने गिरोह पक्राउ

काठमाडौं: अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामी तथा कुरुवा रकम तथा गरगहना चोरीगर्ने गिरोहलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बानेश्वरले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालबाट बिरामी तथा कुरुवाको नगद र मोबाइल चोरी गर्ने गिरोहका तीनजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनुषा जनकपुर घरभई ललितपुर इमाडोलमा डेरा गरी बस्ने रोशन साह,शक्ति महतो र राहुल बच्चन रहेका छन्।


वृत्तका प्रहरी निरीक्षक मन्जित कुँवरका अनुसार रातको समयमा दुईजनाको समुह बनाएर मोटरसाइकलमा विभिन्न अस्पतालमा पुगेर सुमहले चोरी गर्दे आएको थियो। काठमाडौंको कान्तिपुर अस्पताल बाट बिरामी कुर्न बसेका बिजयराज मर्हजनको नगद २२ हजार र मोबाइल चोरी भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। समुहले बिएण्डबि अस्पताल र सिभिल अस्पतालबाट समेत चोरी गरेको प्रहरीले जनाएको छ।' सबै घटनामा एउटै मोटरसाइकल प्रयोग भएको सिसिटिभी फुटेजका आधारमा पक्राउ परेका हुन्', कुँवरले भने।

प्रहरीले सिभिल अस्पतालमा चोरी गरेको सिसिटिभी फुटेजका आधारमा साहलाई पक्राउ गरेपछि गिरोहको खुलासा भएको हो। यो समुह अन्य अस्पतालमा एका चोरकिा घटनामा समेत संलग्न भएको हुनसक्ने सिभिल अस्पतालमा खटिएका प्रहरी हवल्दार हुतराज खरेलले बताए। annapurnapost

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस