तपाईलाई थाहा छ विश्वमा सबै भन्दा बढी ट्राफिक जाम कहाँ हुन्छ ?

तपाईलाई थाहा छ विश्वमा सबै भन्दा बढी ट्राफिक जाम कहाँ हुन्छ ? यदि तपाईलाई कसैले यो प्रश्न गर्यो भने तपाइले पक्का पनि हाम्रो देश नेपालको काठमाडौँ शहर भन्नु हुन्छ होला। त्यस्तै तपाइले जस्तै अरुले सोँच्दाहुन् काठमाण्डौमा जस्तो जाम त दुनियामा कहिँपनि हुन्न ।तर काठमाण्डौमा जस्तो जाम दुनियामा अन्त कतै हुन्न भन्ने भ्रममा हुनुहुन्छ भने त्यो भ्रम त्याग्नुहोस् र भन्नुहोस् म त खासै जाम नै नहुने क्षेत्रमा बसिरहेको छु ।

वास्तवमा ब्राजिलको साओपाओलो सहरमा हुने ट्राफिक जामको तुलनामा काठमाण्डौको जाम त एक छेउँ पनि होइन रहेछ । साओपाओलो विश्वको सबैभन्दा बढि ट्राफिक जाम हुने सहर हो ।  त्यहाँ यति धेरै ट्राफिक जाम हुन्छ की जाममा फसेका गाडिको लाइन १८० किलोमिटर परसम्म पुग्ने गर्दछ।

सहरमा मुख्य सडकमा मात्र नभएर भित्री सडक पनि जाम हुने गर्दछ । लामो समयसम्म गाडिका चक्का घुम्नै पाउदैनन। जामका कारण कहिले काहीं सहरको वल्लो छेउँबाट पल्लो छेउँसम्म पूरै रात बित्ने गर्दछ।
त्यो जाम सम्झिदा हामी सोच्न बाध्य हुन्छौं ओं हो धन्न   हामीकहाँ त जाम भएपनि एकाध घण्टा त हो नी, हेर्नुहोस् न साओपाओलोको बिजोग । हेरौं ब्राजिलको ट्राफिक जाम :


source: www.internetkhabar.com

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस