बलात्कारको आरोपमा ८६ बर्षका वृद्ध पक्राउ
१५ कात्तिक, काभ्रे ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आफ्नै नातिनी बलात्कारको आरोपमा एक ८६ वर्षिय बृद्धालाई पक्राउ गरेको छ ।
प्रहरीले आफ्नै नातिनी बलात्कारको आरोपमा पनौती नगरपालिका–९ बस्ने ८६ वर्षिय लालबहादुर नगरकोटीलाई पक्राउ गरेको प्रहरी निकट स्रोतले बताएको छ । उनले आफुलाई हजुरबुबाले नौ पटक जर्वजस्ती बलात्कारको गरेको आरोप ती बालिकाले लगाएकी छिन् ।
नगरकोटीलाई बिहीबार पक्राउ गरिएको हो । बालिकाले हजुरबुबालाई बलात्कारको आरोप लगाएपछि उनको स्वास्थ्य परिक्षणको लागि काठमाडौँस्थित प्रसुति गृहमा पठाइएको छ ।
त्यसैगरि प्रहरीले गत मंगलबार आफ्नै भतिजीलाई बलात्कार गरेको आरोपमा काभ्रेको कानपुर कालापानी– ५ बस्ने दुई दाजुभाईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २५ वर्षिय तिर्थ लामा र उनका भाई २३ वर्षिय फुलमान लामा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय काभ्रेमा आफ्नै आफन्त, घरपरिवारका सदस्य तथा आफन्तबाट बालिकाहरु बलात्कृत भएका घटनाहरु सार्वजनिक भईरहेका छन् ।

