नेपाल आउने दिन मोदीले भारतीय जनतासामू के भने ?

सार्क सम्मेलनका लागि सार्क देशका सबै राष्ट्राध्यक्ष आजै नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । केहि छिन अगाडि मात्र श्रीलङ्काली राष्ट्रपती महिन्दा राजापाक्षे काठमाडौं आइपुगेका छन् । यसै क्रममा साकै देशमध्येका निकै लोकप्रिय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आजै काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

 आफ्नो नेपाल भ्रमणको बारेमा भारतीय जनतालाई सम्बोधन गर्दै उनी आजै सार्क सम्मेलनका लागि काठमाडौं प्रस्थान गर्ने जानकारी दिएका छन् । उनले भने, ‘ नोभेम्बर २६–२७ तारिखका दिन नेपाल सरकारद्वार आयोजित काठमाडौंमा हुन लागेको सार्क सम्मलेनमा भाग लिनका लागि आज म नेपाल जाँदैछु । ’   उनी थप्छन्, ‘यो मेरो पहिलो सार्क सम्मेलन भएपनि, विगत ६ महिनादेखि सार्क देशका नेताहरुसँग मेरो राम्रो सहकार्य रहिआएको छ । आफ्ना छिमेकी राष्ट्रसँगको राम्रो सम्बन्ध विस्तार गर्नु नै मेरो सरकारको मुख्य उद्देश्य हो । ’   नेपालसँग भारतको सम्बन्ध निकै राम्रो रहेको बताउँदै मोदी थप्छन्, ‘चार महिनाको अन्तरालमा नेपालका लागि यो मेरो दोस्रो भ्रमण हो । यसले हाम्रो नेपालसँग निकै राम्रो र विशेष प्रकारको सम्बन्ध रहेको पुष्टि हुन्छ । ’


 गत अगस्टमा भएको आफ्नो नेपाल भ्रमणको दौरान गरिएका सबै सम्झौता बिस्तारै कार्यान्वय भइरहेको बताउँदै मोदीले यसको विषयमा प्रधानमन्त्री सुशील कोइराला र अरु नेताहरुसँग सार्क सम्मेलनकै बेला थप जानकारी लिने बताए ।   नेपालसँग विकाश निर्माणका कार्यहरुमा अझ केहि ठोस् सम्झौता लागु गर्नेसमेत मोदीले जानकारी दिएका छन् ।  ratopati

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस