अश्लील भिडियो वेबसाइटमा राख्छु भनेर केटी साथीलाई धम्काउने निरज शाक्य पक्राउ

७ मंसिर, काठमाडौं । केटी साथीको अश्लील भिडियो र फोटो वेबसाइटमा राखेर चरित्र हत्या गर्न खोजेको भन्दै प्रहरीले काठमाडौंका निरज शाक्यलाई पक्राउ गरेको छ ।


महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं क्षेत्रपाटीका २७ वर्षीय शाक्यलाई पक्रेर महानगरीय प्रहरी परिसरको जिम्मा लगाएको छ ।
उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/11/209668/#sthash.iwGthoJh.dpuf

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस