बाख्रा बचाउनका लागि बाघ पूजा

आँबुखैरेनी (तनहुँ), मंसिर ५ - आँबुखैरेनी ३ पतेनीगाउँवासीले बाख्रा नलगोस् भन्दै बुधबार बाघको भव्य पूजा गरेका छन् । बंगुरको बलि दिएर गरिएको पूजामा बाघको नाममा रगत समर्पण गरिएको हो ।

परम्परादेखि गरिँदै आएको पूजा भएकाले प्रत्येक वर्षमंसिरको पहिलो बुधबार बाघ पूजा गरिने चलन रहेको स्थानीयवासी ६८ वर्षीय शेरबहादुर मगरले जानकारी दिए। विवाहितले पूजा गरे बाघले दुःख दिने मान्यता रहेकाले मगर समुदायका किशोर पुजारी राख्ने चलन रहेको उनले बताए।


'२१ वर्षघि मेरै दमली पदमबहादुर थापामगरले पूजा गरे,' उनले भने, 'सोही रात उनको खोरबाट बाघले घोर्ले खसी लग्यो। त्यसपछि किशोरबाट पूजा थालियो।' प्रत्येक वर्षगरिने बाघ पूजालाई आफूहरूले बुधबारे पूजा भन्ने गरेको र प्रत्येक घरबाट सामान उठाउनुपर्ने र नपठाउने घरको मानिसलाई बाघले दुःख दिन्छ भन्ने रहेको स्थानीय बासिन्दा ५३ वर्षीय दलबहादुर थापामगरले बताए।

जिजुबाजेको पालादेखि गरिँदै आएको पूजा भएकाले आफूहरूले निरन्तरता दिएको उनले जनाए। 'पूजा नगरे बाघले दुःख दिन्छ भनेपछि भव्य रूपले पुज्छौं,' उनले भने, 'बलि दिएको सुँगुर र बंगुरलाई प्रत्येक घरकाले प्रसादका रूपमा ग्रहण गर्छन्।' यो वर्षगाउँका १३ वषर्ीय अमृत थापामगरबाट पूजा गरिएको उनीहरूले जानकारी दिए। गाउँको माथिल्लो भागको दक्षिणतर्फढुंगाको छाना हालेर मन्दिर बनाएको छ। मन्दिर पूजाका लागि गाउँबाट बंेसी झरेका बासिन्दा पनि पूजा गर्न गाउँ जाने चलन रहेका सोलबहादुर चितौरेमगरले बताए। बुधबार आफूसहित आफ्नो ठूलोबुबा लीलाबहादुर, मोहनबहादुर थापामगरलगायतका भएर पूजा गर्न गाउँ गएको उनले सुनाए।

'बाघले दुःख नदेओस् भनेर प्रत्येक वर्षपूजा गर्न गाउँ जाने गर्र्छौं,' उनले भने, 'यसपछि बाघ शान्त हुने विश्वास धेरै पहिलेदेखि गाउँमा रहँदै आएको छ।' बाघ पूजाको खान आफन्त, छोरीचेली, कुटुम्ब र नजिकका साथीभाइलाई समेत घरैपच्छेकाले निम्ता गरिने र राति नाचगान गरेर रमाइलो गरिने उनले जानकारी दिए ।ekantipur.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस