सुर्खेत : यातायात व्यवसायी र मजदूरहरुले आफूखुशी बन्द गरेको भन्दै यात्रुहरु त्यसको विरोधमा उत्रिएका छन् । उनीहरुले तत्काल यातायात सञ्चालन गर्न माग गरेका छन् । बन्दले गन्तव्यमा पुग्न नसक्दा महत्वपूर्ण काम छुटेको भन्दै उनीहरुले गाडी सञ्चालन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्रहरीले सुरु गरेको अभियान सही भएको भन्दै यात्रुले यायायात व्यवसायी र मजदुरुले सडकमा मनपरी गरेको आरोप लगाएका छन् । बन्दको बिरोधमा यात्रुहरु सडकमा उत्रिन थालेपछि यातायात व्यसायीहरु नैतिक संकटमा परेका छन् । व्यवसायीहरुले थुनामा रहेका चालक तथा मजदूरहरुलाई मुक्त नर्गदासम्म बन्द जारी रहने अडान लिएका छन् ।
यातायात मजदूरले बिहीबारबाट गरेको बन्दलाई यहाँका यातायात व्यवसायीले पनि साथ दिएका छन् । बन्दले जिल्ला भित्रिने र बाहिरिने कुनैपनि सवारी साधन सञ्चालन हुनसकेका छैनन् ।
जिल्लाका यातायात व्यवसायीहरुले अटेर गरेमा प्रशासनले थप कडा कदम चाल्ने भन्दै प्रजिअ बोहोराले यसले व्यवसायीलाई नै घाटा पुग्ने चेतावनी दिए । मुद्दा कानुनी प्रक्रिया अनुसार नै अगाडि बढ्ने भन्दै उनले व्यवसायीसँग बार्ता र छलफल आवश्यक नरहेको बताए ।
कानुन अनुसार नै चल्न उनले व्यवसायीलाई आग्रह समेत गरे । आइतवार भएको बस दुर्घटनापछि प्रहरीले सवारी साधनमा कडाई सुरु गरेपछि जिल्लामा तनाव बढ्दै गएको छ । annapurna post

