विश्वमा धेरै आत्महत्या हुने देशमध्ये नेपाल आठौं
दैनिक १३ नेपालीले गर्छन् आत्महत्या
काठमाडौं,मंसिर२९ – विश्वमा धेरै आत्महत्या हुने देशमध्ये नेपाल आठौं स्थानमा परेको छ । नेपालमा औसतमा दैनिक १३ नेपालीले आत्महत्या गर्ने गरेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ ।
जनसंख्याको अनुपातमा सबैभन्दा धेरै आत्महत्याको घटना गुयनामा भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यसपछि उत्तर कोरिया,दक्षिण कोरिया,श्रीलंका,लिथुआनिया,सुरिनाम,माजाम्बिक,नेपाल र तान्जानिया छन् ।
प्रहरीका अनुसार विष सेवन गरेर,आगो लगाएर,झुन्डिएर,नदी तथा भीरबाट हाम्फालेर ,करेन्ट लगाएर , डुबेर तथा हातहतियार एवं औजार प्रयोग गरेर आत्महत्याका घटना हुने गरेका छन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

