नोवेल पुरस्कार विजेत सत्यार्थी नेपाल आउँदै

 यस्तो छ सत्यार्थीको नेपालका कार्यक्रम
काठमाडौँ, मंसिर २९– सन् २०१४ को शान्ति नेवेल पुरस्कार विजेता बालअधिकारकर्मी कैलाश सत्यार्थी तीन दिने नेपाल भ्रमणका लागि आउने भएका छन् । व्यवस्थापिका संसद्को महिला बालबालिका, ज्येष्ठ, नागरिक तथा समाजकल्याण समितिको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

समितिका सभापति सभासद् रञ्जुकमारी झाका अनुसार उनी यही पुस ४ गते नेपाल आउने छन् । सभापति झाले समितिले नै मुख्य आयोजकका हैसियतले उनलाई नेपालमा आमन्त्रण गरेको उल्लेख गर्दै यसलाई आफूहरूले उपलब्धिका रुपमा लिएको पनि बताइन् । पुरस्कार विजेता भारतीय सत्यार्थीको स्वागतका लागि एपेक्स लाइफ स्कूलले अभियान चलाएका छन् । स्कूलका अनुसार अनुसार नोवल शान्ति पुरस्कार विजेता सत्यार्थीलाई पुस ४ गते त्रिभुवन विमानस्थलमा विशेष स्वागत गर्ने कार्यक्रम छ ।


त्यसपछि बानेश्वरस्थित एपेक्स लाइस स्कूलमा उनले राजधानीका विभिन्न विद्यालयका विद्यार्थीलाई तथा युवालाई सम्वोधन गर्नेछन् । स्रोतका अनुसार सत्यार्थीले योजना आयोगका पदाधिकारीलगायत व्यवस्थापिक संसदलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहनुको साथै प्रधानमन्त्री सुशील कोइरालासँग पनि उनको विशेष भेटघाट कार्यक्रम रहेको छ । पुस ५ गते उनी बागमती सरसफाई अभियानमा सहभागी हुनुका साथै दाङको ब्याक वार्ड सोसाइटीको आयोजना भएको एक विशेष कार्यक्रममा सहभागी हुन दाङ पनि जाने स्कूलले जनाएको छ । पुस ६ गते राष्ट्रपति डा.रामवरण यादवलाई भेट्ने कार्यक्रम रहेको छ ।

सत्यार्थी यसअघि पनि पटक पटक नेपाल आइसकेका छन् । मङ्सिर २४ गते नर्वेको राजधानी ओस्लोमा आयोजित एक समारोहमा भारतीय बालअधिकारकर्मी सत्यार्थी र पाकिस्तानका मलाला युसूफलाई नोवल शान्ति पुरस्कार प्रदान गरिएको थियो । rato pati

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस