आगो ताप्दा आमा छोराको मृत्यु
काठमाडौँ, ३ पुस । आगो ताप्नका लागि कोठामा कोइला (बिक्रेट) बाली सुत्दा एकै परिवारका आमा छोराको मृत्यु भएको छ ।
बिहान काममा जानका लागि कोठामा बोलाउन जाँदा भित्रबाट चुकुल लगाएर ढोका बन्दकै अवस्थामा रहेको र ढोका ढकढ्काएर बोलाउँदासमेत धेरैबेरपछि मात्र राजारामले ढोका खोल्दा निजका श्रीमती र छोरा मृत अवस्थामा भेटिएको र राजाराम अर्धचेत अवस्थामा रहेको उनका साथी प्रदीप विशालले जानकारी दिए । रासस


