दैनिक १ हजार ५ सय नेपाली रोजगारीमा विदेशीदै

काठमाडौँ, ३ पुस । देशभित्र पर्याप्त रोजगारीको अवसर नभएकाले दैनिक करिब एक हजार ५०० नेपाली रोजगारीको लागि विदेशिनु परेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आव २०५०÷०५१ देखि २०७०÷०७१ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने कूल नेपालीहरूको सङ्ख्या ३४ लाख ४७ हजार ५६ पुगिसकेको छ ।


जसमा पुरुष सङ्ख्या ३३ लाख ३२ हजार ८७६ रहेको छ भने महिलाको सङ्ख्या एक लाख १४ हजार १८० रहेको छ । यसबाहेक शिक्षा, व्यापार, विवाह आदि कारणले विदेश जानेहरू तथा भारतमा रोजगारीका लागि गएका नेपालीहरूको सङ्ख्यालाई अभिलेख गर्न सकेको खण्डमा यो सङ्ख्यामा अझै वृद्धि हुने देखिन्छ ।

बि.स.२०६८ को जनगणना प्रतिवेदनले पनि देश बाहिर रहेका नेपालीहरूको कूल सङ्ख्या १९ लाख १७ हजार ९०३ (जसमध्ये पुरुष ८६.७ र महिलाको सङ्ख्या १३.३ प्रतिशत) रहेको देखाएको छ ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव सूर्य श्रेष्ठले वैदेशिक रोजगारमा सङ्लग्न कामदारको अधिकार संरक्षण र प्रवद्र्धन गर्न बनेको वैदेशिक रोजगार नीति, २०६८ र वैदेशिक रोजगार ऐन, २०६४ ले वैदिशिक कामदारका सबै विषयलाई समेट्न नसकेको हुँदा त्यसलाई समयअनुसार संशोधन गर्नुपर्ने बताए ।

वैदेशिक रोजगार प्रवद्र्धन वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले चाहेर वा नचाहेर वैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरू वैदेशिक रोजगारीबाट फर्किएपछि उनीहरूलाई नेपालमै पुनःस्थापना गरिनुपर्ने धारणा राखे ।

‘सुरक्षित आप्रवासनको आवश्यकता ः हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नारासहित भोलि (विहीवार) विभिन्न कार्यक्रम गरी नेपालमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने तयारीसमेत गरिएको छ ।

श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय, राष्ट्रिय महिला आयोग र विभिन्न गैरसरकारी सङ्घ÷संस्थाको आयोजनामा बिहीवार संयुक्त प्रभातफेरि, अन्तक्र्रिया तथा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिने छ ।

रोजगारी÷जीविकोपार्जनका लागि अर्को देशमा गई बस्ने प्रक्रियालाई आप्रवासन भनिन्छ । हाल संसारभर करिब रु दुई अर्ब ३२ करोड मानिसहरू आप्रवासको रुपमा रहेका छन् भने त्यसमध्ये करिब २५ प्रतिशत मानिसहरू एसिया तथा प्रसान्त क्षेत्रमा मात्र रहेको पाइन्छ ।

एक देशका मानिस अर्को देशमा काम गर्न जाँदा उनीहरूमाथि पारिश्रमिक तथा अन्य सुविधा, न्यूनतम मानवअधिकार, विदेशी नागरिक भएको आदि विभिन्न कारणबाट आप्रवासीहरूमाथि हुने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घले डिसेम्वर १८ का दिन आप्रवासी कामदार र तिनका परिवारको सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि सन् १९९० मा पारित गरी सन् २००३ जुलाई १ देखि लागू भयो ।

संयुक्त राष्ट्रसङ्घको महासभालाई सन् २००० डिसेम्बर ४ मा प्रस्ताव नं ५५÷९३ लाई पारित गर्दै सङ्सारभर ठूलो सङ्ख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारित भएको दिन १८ डिसेम्वरलाई विश्व आप्रवासन दिवसको रुपमा मनाउने निर्णय गरेदेखि नै सो दिनलाई विश्व आप्रवास दिवसको रुपमा मनाउने गरिएको छ । रासस/internetkhabar.com

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस