घुमाउन लगेर प्रेमीले गरे प्रेमिकाको हत्या

काठमाडौं : काठमाडाैंबाट घुमाउन लगेर एक युवाले प्रेमिकाको हत्या गरेका छन् । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक युवतीलार्इ उनका प्रेमीले नुवकाोटमा मंगलबार हत्या गरेका हुन् ।

नुवाकोटको गणेस्थान गाविस-४ का २५ वर्षीय अजय ढकालले उनकी प्रेमिका गोरखाको थालाचुङ गाविस-९ घर भएकी राष्ट्रिय अनुसन्धानकी सहायक सूचक २३ वर्षीया रिता गुरुङको मंगलवार साँझ नुवाकोटको सुनखानी गाविस-७ स्थित बनलमा हत्या प्रहरीले जनाएको छ । ।


प्रहरीले मृतकको मुखबाट रगत बगेर शव सलले बाँधेको अवस्थामा छहरे–टोखा सडकखण्ड नजिकै नुवाकोटको चाँपे वनमा फेला पारेको हो ।

महिला हिंसाविरुद्दको १६ दिने अभियान चलिरहेका बेला प्रेमीले नै प्रेमिकाको हत्या गरेको घटना सार्वजनिक भएको हो। महाराजगञ्ज क्षेत्रमा विभागका लागि नागरिकको सुरक्षा, हिंसा र सर्वसाधरणको गतिविधिबारे सूचना उपलब्ध गराउने गुरुङले गर्दै आएकी थिइन् ।

प्रेमसम्बन्धमा रहेका दुबैजना मंगलबार नुवाकोट घुम्न गएको खुलेको छ । काठमाडौंबाट मोटरसाईकलमा टोखा-छहरे सडकबाट उनीहरु घुम्न नुवाकोट पुगेको प्रहरीको प्राराम्भिक अनुसन्धानबाट खुलेको हो ।

गाउँलेको सहयोगमा पक्राउन गरिएका ढकालसँगै उनले प्रयोग गरेको बा६४प २२३ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । अन्नपुर्नपोस्ट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस