श्रीमानको हत्या गर्ने श्रीमतीसहित ६ पक्राउ
मोरङ, मंसिर २२ - आफनै श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूलाई सोमबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हत्या गरिएका कटुवालकी श्रीमतीले आफना श्रमिानको हत्याको योजना बनाई भारतको काश्मीरमा रहेका दुईजनालाई बोलाएर ५० हजार रुपैयाँमा कुरा मिलाएको र २० हजार एडभान्स दिएको खुलेको प्रहरीले बताएको छ । गत मंसिर १३ गते घर नजिकै कटुवालको खुकुरी प्रहार गरी हत्या भएको थियो । ekantipur.com बाट

