बाराक ओबामा किन गए अस्पताल ?

२१ मंसिर, काठमाडौं । लगातार घाँटी दुखेपछि अमेरिकी राष्ट्रपति बाराक ओबामा अस्पताल गएका छन् ।
हृवाइट हाउसमा नै मेडिकल टिम हुन्छ तर, ओबामा अस्पताल नै जानु परेपछि उनका डाक्टरले वक्तव्य निकालेर स्वास्थ्यबारे जानकारी गराएका छन् ।ओबामाका डाक्टरले बताए अनुसार राष्ट्रपतिको पछिल्लो केही सातादेखि घाँटी दुखेको थियो । शनिबार ओबामाले फाइबर टेष्ट गरेका छन् भने सिटी स्क्यान पनि भएको छ ।
ओबामाका डाक्टर रोनी एल ज्याक्सनका अनुसार फाइबल अप्टिक टेष्टको प्रारम्भीक रिपोर्ट अनुसार राष्ट्रपतिको घाँटीको पछिल्लो भाग केही सुन्निएको थियो ।

थप जाँचका लागि सामान्य सिटी स्क्यान पनि गरिएको छ । ओबामाको सिटी स्क्यान बाल्टर रिड आर्मी अस्पतालमा भएको थियो । रिपोर्ट समान्य आएपछि ओबामाको एसिड रिफ्लक्सको उपचार भइरहेको छ ।
एसिड रिफ्लक्सको समस्या हुँदा पेटमा बनेको अम्ल घाँटीसम्म आउँछ र यो एक आम समस्या हो । यसलाई गम्भीर रोगका रुपमा लिइँदैन । onlinekhabar

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस