करेन्ट लागेर युवती ठहरै
विराटनगर, साउन ३० – मोरङको पूर्वी गाविसमा करेन्ट लागी एक युवतीको मृत्यु भएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार वयरवन–७ बस्ने सानुमाया पुरीको भाँडा माझ्ने क्रममा बिजुलीबाट चल्ने पानी तान्ने मोटरबाट करेन्ट लागी बिहीबार बेलुकी मृत्यु भएको हो ।
करेन्ट लागी घाइते भएकी पुरीको उपचारका लागि स्वास्थ्य उपचार केन्द्र लग्ने क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । रातोपाटी

