६ महिनाकी गर्भवति जलेर सख्त घाइते
नेपालगन्ज, आश्विन ५ - ६ महिनाकी गर्भवति जलेर सख्त घाइते भएकी छन् । दुर्घटनाबस जलेको हो वा जलाइएको हो नखुलेपछि प्रहरीले पतिलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
सीमावर्ती भारतीय रुपैडिया बजारछेउको सांकेतनगरबाट सैजदालाई उपचारार्थ भेरी अस्पताल ल्याइएको हो । अस्पतालमा भने उनको ठेगाना नेपालगन्ज-१२ लेखाइएको छ । 'शुक्रवार दिउँसो ४ बजे नै मोटरसाइकलबाट ल्याएर भर्ना गरेको पाइयो', अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक किसनसिंह बुडालले भने,'घटना शंकास्पद लागेर पतिलाई पक्राउ गरेका हौ । '
साजिदाको साबिरसंग दोस्रो बिहे गरेकी हुन् । पूर्वपति रेल दुर्घटनामा बितेका थिए । दुई सन्तानसहित साजिदा साबिरसंग बस्दै आएकी थिईन् । उनले घटनाबारे केही भन्न सकिनन् । साबिर प्रहरी हिरासतमा रहेकाले उनलाई स्याहार गर्ने र औषधी दिने पनि कोही छैन । 'पातलो कपडा ल्याउनु भनेर पठाएको । प्रहरीले पक्राउ गरेछ । उनी ब्यान्डेजको भरमा नाङगै बेडमा छिन्', नर्सले भनिन् । जलेपछि शंकास्पद ढंगले अस्पताल भर्ना गरिएको र ठेगना पनि ढाँटिएकाले आशंका गरिएको प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए ।इकान्तिपुर

