कुकुुर जस्तो माकुराले मान्छेलार्इ लखेटेर हैरान
लण्डन– के तपाईंले कहिले ‘स्पाइडर–डग’ दुख्नुभएको छ ? अर्थात, यस्तो प्राणी जसको अनुहार कुकुरको जस्तो र शरिर माकुराको जस्तो । पक्कै पनि देख्नुभएको छैन नि ? तर पोल्याण्डको सडकमा एउटा यस्तै जीवले मानिसहरुको होस–हवास लिइरहेको छ र उनीहरु आफ्नो ज्यान बचाउनका लागि उक्त जीवबाट भागिरहेका छन् । तल दिइएको भिडियोमा तपाईंले यो अचम्मको जीव सडकमा दौडिरहेको देख्नसक्नुहुन्छ ।
सिलवेस्टर नामका युवकले आफ्नो कुकरलाई माकुराको जस्तो फर भएको कपडा लगाइदिए र उक्त कुकुरलाई सडकमा छोडिदिए । यस्तो लुगा लगाइदिएपछि उक्त कुकुर कुकुर नभई जिउँसो राक्षरजस्तो देखियो । त्यसपछि के भयो भन्ने कुरा त तपाईंले यो भिडियोमा हेर्न सक्नुहुन्छ । थुप्रै मानिसहरुलाई आफ्नो शिकार बनाएको यो भिडियोले युट्युबमा निकै तहल्का मच्चाइरहेको छ । हेरौँ हामी पनि यो ‘स्पाइडर–डग’ को आतंक । (एजेन्सी)ratopati
भिडियोकोलागी यहाँ क्लिक गर्नुस

