होस्टेलदेखि सयमिटरको दुरीमा रितुको हत्या
काठमाडौं : राजधानीको केन्द्रमा होस्टेलबाट विवाह भोजका लागि निस्केकी एक युवतीको छुरा प्रहार गरी हत्या भएको २४ घन्टा बित्दा पनि प्रहरीले यसमा संलग्न अभियुक्तलाई पक्राउ गर्न सकेको छैन।
होस्टेलबाट रितुसँगै हिडेका अन्य तीनजनामाथि भने कुनै आक्रमण भएको छैन। होस्टेलबाट निस्केपछि सय मिटरको दुरीमा अपरिचित व्यक्तिले उनलाई छुरा प्रहार गरी फरार भएको थियो। छुरा प्रहारबाट गम्भीर घाइते भएकी रितुलाई सुरुमा काठमाडौं मेडिकल कलेजमा लगिएको थियो। स्थिति गम्भीर भएपछि उनलाई पछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। शिक्षण अस्पतालमै उनलाई मृत घोषणा गरिएको थियो। annapurnapost.com

